बिजनेस

नेप्समा उच्च अंकको गिरावट, १६ अर्ब १२ करोडमाथिको कारोबार


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार उच्च अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसुचक ५६ दशमलव शुन्य तिन अंकले घटेर तीन हजार एक सय २४ दशमलब ८७ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार मंगलबार कारोबार भएका कम्पनीहरुमा गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज धेरै जसो हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा करेक्सन आउदा नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।

आज नेशनल हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रो डेभलपर्श, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र घलेमदी हाइड्रोको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।