विदेश

तालिबानले गर्‍योे मन्त्रीको नाम घोषणा, आफ्नै कट्टरविरोधी रहेका शेरजईलाई बनायो अर्थमन्त्री


काठमाडौँ – तालिबानले मंगलबार आफ्नो अन्तरिम सरकारका धेरै मन्त्रीको नाम घोषणा गरेको छ। विशेष कुरा त के छ भने कुनै बेला आफ्नै कट्टविरोधी रहेका गुल आगा शेरजईलाई अर्थमन्त्रीमा नियुक्ति गरेको छ। शेरजई पहिले कन्धार र पछि नन्गरहार प्रदेशका गभर्नर बनेका थिए ।

तालिबानविरुद्ध लडाइँमा उनी सीआईएका प्रमुख सहयोगी थिए। उनलाई तालिबानका कसाईसमेत भनिन्थ्यो। कान्धारको गभर्नर हुँदा उनले तालिबानको सफाया गर्न ठूलो भूमिका खेलेका थिए । उनले नन्गरहारको गभर्नर हुँदा सडक निर्माण गरेका थिए, जसका कारण उनलाई अफगानिस्तानको बुलडोजरसमेत भनिन्थ्यो ।

केही दिनअघि मात्र शेरजईले तालिबानप्रति प्रतिबद्धताको शपथ खाएका थिए। उनी अफगानिस्तानको त्यस्ता ठूला नेता हुन्, जो पहिले तालिबानका कट्टरविरोधी थिए, अहिले तालिबानमै समाहित भए ।