राजनीति

च्यासलमा एमाले बैठक सुरु, तेस्रो धारका सबै नेता सहभागी


काठमाडौँ – प्रमुख प्रतिपक्ष नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा सुरु हुन लागेको छ ।

यसअघि एमालेमा देखिएको विवादका क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका नौ नेता सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी हुन पुगेका हुन् ।

बैठकमा भाग लिन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य पनि पुगेकी छन् । त्यसैगरी यसअघि माधव नेपाल समूहमा रहेका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि बैठकमा सहभागी हुन पुगेका छन् ।

त्यस्तै उपमहासचिव घनश्याम भुसाल पनि बैठकमा सहभागी हुन पुगेका छन् । त्यस्तै सचिवहरु भीम आचार्य, योगेशकुमार भट्टराई, स्थायी कमिटी सदस्य रघुजी पन्त पनि लामो समयपछि एमाले बैठकमा भाग लिन पुगेका छन् ।

सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार भएका थिए ।