राजनीति

रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्ना बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले धर्ना बस्न लागिएको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिनुभयो ।

यसअघि जिल्ला सभापतिहरुले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपमा आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए ।