राजनीति

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल छ : मेटमणी चौधरी



काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताउनुभएको छ ।

उहाँले अबको निर्वाचनमा अन्य पार्टीसँग कार्यगत एकता गरेर जाने गरी सम्झौता भएको समेत बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका चौधरीले भूमिहीनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको भन्दै जग्गा पाउने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो।

अर्को प्रसंगमा चौधरीले लुम्बिनी प्रदेशको राजधानी दाङमा ल्याउन लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलको मात्रै भूमिका नभएको बताउनुभएको छ । । एमाले नेता शंकर पोखरेलले बेलझुण्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै चौधरीले आफूहरुको जोडबलमा बीचमा भालुवाङ पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको दाबी गर्नुभयो ।

प्रदेशको स्थायी राजधानी तोकिएपछि देउखुरीबाट पोखरेलले चुनाव लड्ने चर्चा दाङमा चलिरहेको बेला चौधरीले यो क्षेत्रबाट पोखरेलले एक हजार भोट पनि नपाउने दाबी गर्नुभएको हो।