खेलकुद

नेपाल बक्सिङ खेलमा इतिहास कायम गर्न सफल


काठमाडौँ – दक्षिण एसियाली खेलकुदको तेह्रौँ संस्करणमा नेपालले बक्सिङ खेलमा इतिहास कायम गर्न सफल भएको छ । नेपाली बक्सिङलाई जुनियर तथा युथ बक्सिङतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको हो ।

यही अगस्त २० देखि ३१ सम्म दुबईमा सञ्चालन भइरहेको एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालका स्कुले मुक्केबाज छिरिङ वाङ्दी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चस्व कायम गरेका छन् । जुनियर ५४ किलो तौल समूहअन्तर्गत सम्पन्न क्वार्टरफाइनल खेलमा उनले कुवेतका प्रतिद्वद्वी मोहम्मदलाई पराजित गर्दै ५–० को आधारमा जित हासिल गरेका हुन् ।

अब सेमिफाइनलमा छिरिङको अर्को भिडन्त काजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बासँग हुँदै छ । यसैगरी नेपालका दुई महिला मुक्केबाज स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूहअन्तर्गत नेपाललाई कास्यपदक पक्का गरिगरिसकेका छन् । प्रतियोगतामा ६ जना मुक्केबाज सहभागी भएकामा हालसम्म तीन कास्यपदक पक्का भइसकेको छ ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनारले पनि निकै बहादुरीका साथ आफ्नो इरानी प्रतिद्वन्द्वीलाई पहिलो राउण्डमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी सुरुवात गरेका थिए । दोस्रो र तेस्रो राउण्डमा इरानी मुक्केबाजले खेल आप्mनो पोल्टामा गर्दै इन्द्रलाई रोकेका थिए ।

त्यस्तै, ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरीयतामा अगाडि रहेका मुक्केबाजसँग आर एससीका आधारमा पराजित भएका थिए । अर्का युवा मुक्केबाज सुलभ मालीले ५४ किलो तौल समूहमा आज इरानी प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दै छन् ।