राजनीति

लोसपाका नेताहरू सरकारमा जान इच्छुक


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका अध्यक्ष ठाकुर पक्षले यस्तो प्रतिबद्धता जनाएका हुन् । यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन्। भेटमा लोसपाले उठाएका माग मुद्दाबारेमा पनि छलफल भएको सहभागी नेताहरूले जनाएका छन्।

जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरूले जनाएका छन्। प्रधानमन्त्रीलाई भेट्न सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि बालुवाटार पुगेका थिए ।