राजनीति

माधव नेपालसँग असन्तुष्ट नेताहरुलाई यसरी फकाए ओलीले, पार्टी एक भएको घोषणा (भिडियोसहित)


काठमाडौँ – माधव नेपालसँग असन्तुष्ट रहँदै आए नेताहरुको माग सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । १० बुँदे सहमति कार्यन्वयन गर्न ओली सहमत भएसँगै भोलि बस्ने एमाले स्थायी कमिटी बैठकमा तेस्रो धारको रुपमा गतिविधि गरिरहेका नेताहरु पनि सहभागी हुने भएका छन् । यससँगै नेकपा एमालेमा पुनः एकताको सम्भावना सतहमा आएको छ । माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका नेताहरुको माग सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।

आज भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलगायतका नेताहरू र अध्यक्ष ओलीबीचको भेटवार्तामा दश बुँदे सहमति कार्यन्वयन गर्ने सहमति जुटेको हो । कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने सहमति भएसँगै एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । उक्त बैठकमा माधवकुमार नेपाल समूहसँग असन्तुष्ट रहेका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

माधव नेपालले नयाँ पार्टी दर्ता गरिसकेकाले फर्किने सम्भावना नरहे पनि उनीनिकटका प्रभावशाली नेताहरु भने मुलधारमा फर्कने वातावरण बनेको बताइन्छ । असन्तुष्ट पक्षमा रहेका एमालेका सचिव योगेशकुमार भट्टराईले एकता बचाउने प्रयास भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि पोखरेलले आफूहरु विभाजनतिर नभइ एकतातिर नै जानुपर्छ भन्ने अडानमा रहेको बताए । उनले आजको आवश्यकता माधव नेपालसहितको एमाले एकता नै रहेको उनले बताए । एमालेको केन्द्रदेखि वडा तहसम्मको कमिटी २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनको लागि स्थायी कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुने भट्टराइले बताए ।

ओलीले नेता नेपालले पार्टी दर्ता प्रक्रिया रोकेर एकतामा आएमा उनीमाथिका सौ कारबाही फिर्ता हुने छलफलको क्रममा बताएका थिए । ओलीले नेपालप्रति लचिलो हुने बताउँदै गर्दा नेता नेपाललाई एमालेमै फर्काउन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रयास गरेकी छिन् । आजै शीतल निवासमा भण्डारी र नेपालबीच एकताको सम्भावनाबारे झण्डै दुई घण्टा लामो वार्ता भएका थियो । उद्दपी नेपालले आफू धेरै अगाडि बढेकोे ओलीसँग एउटै पार्टीमा रहने सम्भावना नरहेको बताएका थिए ।