राजनीति

माधव नेपाल पक्षका नेताहरूलाई चन्द्रागिरि रिसोर्टमा लगियो


काठमाडौँ – माधव नेपाल पक्षका नेताहरू चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नयाँ पार्टी गठनको प्रक्रियामा रहेका माधव नेपाल पक्षका नेताहरूलाई सोमवार राति चन्द्रागिरिमै राख्ने तयारी गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निर्वाचन आयोगले माधव नेपाल पक्षका नेताहरूलाई सनाखतको लागि बोलाएको दुई दिन अगाडि नै नेताहरूलाई चन्द्रागिरिमा लगेर राखिएको हो ।

माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ । निर्वाचन आयोगले भदौ ९ गते सनाखतको लागि बोलाएको छ । केन्द्रीय कमिटीको बैठक भएकाले चन्द्रागिरि आएको माधव नेपाल निकट नेता विरोध खतिवडाले बताउनुभयो ।

चन्द्रागिरिमा बस्ने वा फर्कने भन्ने विषय बैठक कति लामो समयसम्म चल्छ भन्ने कुरामा निर्भर हुने उहाँको भनाइ छ । तर, नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरूलाई राख्नको लागि चन्द्रागिरि हिल्स रिसोर्टमा करीब ५० जना बस्ने गरी बुकिङ गरिएको बताइएको छ ।