राजनीति

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा गठित सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रदेशसभामा प्रस्ताव पेस गरेको हो । प्रदेशसभा बैठकलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने बहिष्कार गरेको छ ।