राजनीति

अफगानिस्तान द्वन्द्व : सार्कको अध्यक्ष राष्ट्र नेपालको भूमिका के ? (भिडियोसहित)


काठमाडौँ – अफगानिस्तानमा विद्रोही समूह तालिबानीले राजधानी काबुल कब्जा गरेको एक साता पुरा भएको छ । विश्वव्यापीरुपमा भय र चासोका साथ हेरिएको तालीबानी समूह र अफ्गानको शान्ति प्रक्रियाका लागि शान्तिपूर्ण राजनीतिमा रहेको नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्ने नेपालका परराष्ट्र विज्ञहरुको टिप्पणी छ ।

विद्रोही समूह तालिबानले गत आइतबार अफगानिस्तानको प्रान्तीय क्षेत्र सहित राजधानी काबुल कब्जा ग¥यो । राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै काबुलमा छिट्टै नयाँ सरकार गठन हुने घोषणा गरेका थिए । तर एक साता बित्दा पनि तालिबानीहरूले कस्तो सरकार बनाउँछन् अझै आकलन गर्न सकिने अवस्था छैन ।

तालिवानीको कट्टर शासनबाट मुक्त हुन चाहाने र र उनीहरुको बर्बरतापूर्वक विद्रोही चरित्रका कारण आत्तिएर देश छोड्न चाहने अफगानी नागरिकहरू अहिले पनि त्यहाँ उस्तै छ । काबुलस्थित हमिद कारजाई विमानस्थल होस या अन्तरदेर्शीय सीमा क्षेत्रमा अफ्गानी नागरिकहरु उकुसमुकुस अवस्थामा देख्न सकिन्छ ।

शनिबार तालिबानी समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बारादार काबुल आइपुगेका छन । उनको काबुल प्रवेशसँगै नयाँ सरकार बनाउने प्रक्रिया अगाडि बढ्ने धेरैको अनुमान छ । दुई दशकपछि सत्तामा फर्किएका तालिवानी समूहले कस्तो सरकार निर्माण गर्ला सबैको ध्यान यति बेला काबुलतर्फ छ ।

तत्काल यकिन गर्न गाह्रो भए पनि विगतबाट पाठ सिक्दै तालिवानको केहि दिन यताको गतिविधि र अभिव्यतिm हेर्दा तालिवानको शासन पद्धति अतिवादी भन्दा पनि केहि परिवर्तन हुन सक्ने जानकारहरु बताउँछन ।

एकातिर आफ्ना नागरिकहरुलाई अशान्त नबन्न आग्रह गरिरहेको अर्कातर्फ युद्धकालिन समयमा आफ्ना गतिविधिविरुद्ध सुचना दिनेहरुलाई नछोड्न तालीवानी नेतृत्वले दिएको निर्देशनले नागरिकहरु भने आगामी सत्ता सञ्चालनबारे तालीबानी समूहप्रति सशंकित बनेका छन् । १० वर्षे जनयुद्ध र अशान्त परिस्थीतिबाट शान्ति प्रक्रियामा अघि बढेको नेपालले शान्ति स्थापना गर्न लिएको अनुभवका आधारमा अफ्गानमा पनि सहयोग गर्न सक्ने देखिएको छ । कुटनीतिक पहल र छिमेकी राष्ट्रको छलफलबाट अफ्गानमा युद्ध पछिको शान्तिका लागि भूमिका निर्वाह गर्नु पर्ने विज्ञहरुको टिप्पणी छ ।

नेपाल र अफगानिस्तानको राजनीतिक तथा भौगोलिक पृष्ठभूमि मिल्दो छ । लामो समयदेखि द्धन्द्धबाट गुज्रिरहेको अफगानिस्तानका लागि नेपालको शान्ति प्रक्रिया उदाहरण हुन सक्छ । व्रिटिस, सोभियत युनियन हुँदै २१ र्औ शताब्दीका शक्ति राष्ट्र अमेरिका समेतर गरी निरन्तर शतिm राष्ट्रहरुको वफर जोन र आन्तरिक द्वन्द्वको सिकार बन्दै आएको छ । दोस्रो पटक विद्रोह मार्फत सत्ता यात्रामा लागेको तालीवानी समूह र त्यहाँका जनताबीच आपसी विश्वास पैदा गराउने, मूल राजनीति प्रवाह गराउन भूमिका निर्वाह गर्न छिमेकी राष्ट्रहरु सहयोगी बन्न सक्दछन् ।