Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

हास्य शृङ्खला ‘क्या जमाना आ’ अब योहो टेलिभिजनमा


काठमाडौँ – हास्य शृङ्खला ‘क्या जमाना आ’ को दोस्रो सिजन आउने भएको छ । दोस्रो सिजनको फस्र्ट लुक पोस्टर भाद्र सात गतेदेखि हरेक सोमबार राति ९ बजे योहो टेलिभिजनबाट सार्वजनिक गरिने भएको छ । धतुरे बाको नामबाट परिचित कलाकार सिपी पुडासैनीको लेखन तथा निर्देशन यस शृङ्खलामा रहेको छ ।

केशव सापकोटा शृङ्खला निर्देशक रहेको शृङ्खलामा सिपी पुडासैनी, शेखर चापागाईँ, केशव सापकोटा, सीताराम दाहाल, जगदीश अधिकारी, ज्योत्स्ना सुवेदी, दिपु खड्का, आयुष लामा, रश्मी श्रेष्ठलगायतका कलाकारको अभिनय रहनेछ । शर्मिला चौलागाईं निर्माता रहेको शृङ्खला माता पिता प्रोडक्सनले तयार पारेको हो ।