राजनीति

माओवादीले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै


काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पार्टीका केन्द्रीय नेताहरुको कार्य विभाजन गर्दै छ । सांगठनिक कामलाई चुस्त दुरुस्त बनाउन नेताहरूको कार्यविभाजन गर्न लागिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।


कार्यविभाजन सम्बन्धि प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरिसक्नुभएको छ । प्रस्तावमाथि छलफल गरेर आवश्यक निर्णय लिने श्रेष्ठले बताउनुभयो ।