राजनीति

१३ औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको सिंहको भनाई, आफू सभापतिको उम्मेद्वारबाट पछि नहट्ने जिकिर


काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आमजनताको दुःखमा मलमपट्टी लगाउन कै लागि भए पनि आफू कांग्रेस सभापतिको उम्मेद्वारबाट आफू पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौँको चन्द्रागिरि नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्णरुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन्।

‘आम जनताको दुःखमा मलमपट्टी लगाउनको लागि भएपनि म कांग्रेसको सभापति बन्नु पर्छ’, नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ। पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ। म किन पार्टी सभापति नबन्नेरु त्यसैले सभापतिको उम्मेद्वारीबाट पछि हट्दिनँ।’

साथै नेता सिंहले १३ औं महाधिवेशनपछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भए पछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरे सरह हुने टिप्पणी गरे। यस्तै उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए। नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी भएको दाबी गरे। यस्तै, उनले कम्युनिस्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए। नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी भएको दावी गरे।