देश

कमन इन्ट्रान्स प्रश्नपत्र प्लस टु साइन्स केन्द्रित भएको विद्यार्थीको गुनासो

चिकित्सा शिक्षा आयोगले परीक्षाको लागि प्रश्नपत्र बनाउँदा डिप्लोमा पढेर आउनेहरुको लागि नसोच्दा आफूहरु बिचल्लीमा परेको विद्यार्थीहरुको भनाई छ ।


काठमाडौँ – गत साउनमा सम्पन्न चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा सिट संख्याभन्दा निकै कम विद्यार्थी उत्तीर्ण भए । उतm नतिजालाई लिएर यतिबेला सिटिइभिटी अन्तर्गत डिप्लोमा तहका पारामेडिकलका विद्यार्थीहरु एक हप्तादेखि धर्नामा छन् । चिकित्सा शिक्षा आयोगले परीक्षाको लागि प्रश्नपत्र बनाउँदा डिप्लोमा पढेर आउने विद्यार्थीलाई वेवास्ता गर्दा यस्तो परिणाम भएको उनीहरुको गुनासो छ । एक रिपोर्ट

विद्यालयदेखि नै उत्कृष्ट नतिजा सहित पास हुँदै आएकीे ललितपुरकी मेलिना नगरकोटी स्नातक तहको ल्याव टेक्निसियनका लागि लिइएको प्रवेश परीक्षामा फेल भइन । दुई सय पूर्णाङकमा रहेको कमन इन्ट्रान्समा पास अंक सय हो । तर उनको ७९ अंक मात्र आयो । डिप्लोमा छात्रवृत्तिमा अध्ययन गरेकी उनलाई आफु प्रवेश परीक्षमा नै फेल भएको पत्यार नै लागेन ।

झापाको मिस्ट कलेजबाट ८० प्रतिशत सहित डिप्लोमा इन फार्मेसी पढेकी सुष्मा बस्नेतको पनि पीडा जस्तै छ । पेसाले उनी रजिष्ट्रर सहायक फार्मासिस्ट हुन् । उच्च शिक्षाका लागि मात्र नभई आफ्नो उज्जवल भविष्यका लागि र विदेशमा दु.ख गरिरहेका वुवाको सपना पुरा गर्नकै लागि जागिर नै छोडेर स्नातक तह अध्ययन गर्नका लागि प्रवेश परीक्षा दिइन, तर उनी पनि फेल भईन ।

कैलालीका मिलन ढकालले डिप्लोमा इन रेडियोलोजी ७९ प्रतिशत अंक लिएर पास गरे । उनी पनि जागिर छोडेरै उच्च शिक्षा अध्ययनका लागि काठमाडौ आए तर स्नातक तहको प्रवेश परीक्षामा पास अंक सयमा उनले ७५ अंक मात्र ल्याए ।

यो नतिजा सरकारी नीतिको उपज भएको उनीहरुको तर्क छ । मेडिकल क्षेत्रको प्रवेश परीक्षा एकिकृत राम्रो भए पनि सीटीईभीटीईबाट अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सम्बोधन भन्दा पनि आफुहरुको

तथ्याङक अनुसार १ सय ४७ जना पारामेडिकल विषय पढेर आएकाले प्रवेश परीक्षा दिँदा जम्मा दुई जनाले पास गरेका छन् । आयोगले बीएस्सी एमआईटीतर्फ ७१ वटा सिट तोकेको छ तर ३५ जनाले मात्रै नाम निकालेका छन् । अन्य विफार्म, वीपीटी, बीएससी नर्सिङ लगायतका विषयमा पनि सिट संख्या भन्दा कम विद्यार्थी पास भएका छन । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सरोकारवाला सबैसँग छलफल गरेर सरकारले यो नीति लिएको हो । यद्यपि विद्यार्थीहरुले उठाएको आवज सोधिएका प्रश्नको अनुपातमा हो । यस विषयमा छलफल अगाडि बढाउने बताएको छ ।

चिकित्सा शिक्षा आयोगले परीक्षाको लागि प्रश्नपत्र बनाउँदा डिप्लोमा पढेर आउनेहरुको लागि नसोच्दा आफूहरु बिचल्लीमा परेको विद्यार्थीहरुको भनाई छ । प्रवेश परीक्षामा प्लस टु साइन्स र डिप्लोमा प्रमाणपत्र तहका विद्यार्थीहरुलाई प्राथमिकतामा राखी पाठ्यक्रमलाई ५०/५० प्रतिशतका आधारमा बनाइदिनुपर्ने उनीहरुको माग छ ।