देश

मलेसियाबाट ८ नेपालीको शव ल्यााइयो


काठमाडौँ – वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका ८ जना नेपालीको शव शनिवार काठमाडौँ ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज ८ जनाको शव साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको हो । केहीको रोजगारीको क्रममा दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ ।