राजनीति

थप दुई लाख अस्ट्राजेनेका खोप जापानबाट नेपाल भित्रियो



काठमाडौँ – जापानले नेपाल सरकारलाई कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको अस्ट्राजेनेका खोप नेपाल भित्रिएको छ ।

शनिबार बिहान १६ लाख डोज खोपमध्ये २ लाख ८ हजार ७०० डोज नेपाल भित्रिएको हो । १६ लाख डोजमध्ये ९ लाख डोज खोप पहिल्यै आइसकेको छ । बाँकी खोप सोमबार आउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसअगाडि आएको ९ लाख डोज खोप चैतमा कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोनाविरुद्ध पूरा डोज खोप र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो डोज लगाएका छन् ।