Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

‘नेपाल आइडल’का निर्णायक परिवर्तन


काठमाडौँ – चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

नयाँ निर्णायकमा गायक शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहनुभएको छ । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताउनुभयो । उहाँले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी प्रकट गर्नुभयो । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु ।”

ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् । नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । सीजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।