राजनीति

नेपालले दर्ता गराएको नयाँ दलमा ‘एमाले’ शब्द राख्न नपाईने


काठमाडौँ – नेकपा एमालेबाट छुटिएर गएको माधवकुमार नेपालले नयाँ पार्टीका लागि प्रस्ताव गरेको नाम नेकपा एमाले समाजवादी पार्टीमा एमाले राख्न नपाईने भएको छ ।

बुधबार नेता नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी नामको लागि निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने आयोगका अधिकारीहरुलाई भेटेका एमाले समाजवादी नेता डा.जय पौडेलले बताए ।

नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिष्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना छ ।