देश

रेल्वे कम्पनीको महाप्रबन्धकमा नेपाल निकट निरञ्जन झा नियुक्त


काठमाडौँ – सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट झालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उहाँले राजीनामा दिनुभएको थियो । सरकारले हिजो नै वाग्मती प्रदेशको प्रदेश प्रमुखमा माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।