खेलकुद

रोनाल्डो र मेस्सी युईएफएको उत्कृष्ट तीनभित्र पर्न असफल, डी ब्रुने, कान्टे र जोर्जिन्होको अग्रता


काठमाडौँ – युईएफएले युरोपको बर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । युरोपको २०२०÷२१ को उत्कृष्ट खेलाडीको मनोनयनमा पुरुषतर्फ अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने, चेल्सीका एनगोलो कान्टे र चेल्सीका जोर्जिन्हो रहेका छन् ।

युइएफएको वर्ष खेलाडीको चौथो नम्बरमा लियोनेल मेसी, पाँचौ नम्बरमा रोबेर्ट लेवानडोस्की, छैटौ नम्बरमा गियानलुइगी डोन्नारुम्मा, सातौ नम्बर किलियन एम्बाप्पे, आठौ नम्बरमा रहीम स्टरलिङ, नवौं नम्बरमा क्रिस्टियानो रोनाल्डो र दशौ नम्बरमा एर्लिंग हल्याण्ड रहेका छन् । युइएफएले अगस्त २६ मा टर्कीको इस्तानबुलमा आयोजना हुने अवार्ड समारोहमा विजेताको घोषणा गर्ने जनाएको छ ।

युइएफएको २०१९÷२० को वर्ष खेलाडीको अवार्ड रोबेर्ट लेवानडोस्कीले जितेका थिए । युइएफएले युरो कपमा खेलेका २४ देशका कोच, च्याम्पियन्स लिग खेलेका ३२ टिम र युरोपा लिग खेलेका ४८ टिम गरी कुल ८० कोच, युरोपियन स्पोर्ट्स मिडियाले छनौट गरेका ५५ खेल पत्रकार र युइएपÞmएका सदस्य देशहरुले मतदान गरेर विजेता छनौट गर्ने जनाएको छ ।