राजनीति

माधवलाई किन छोडे आफ्नै नेताले ? ओलीलाई कमरेड भन्न् छोडेकी शाक्य कसरी प्रिय कमरेड ?


काठमाडौँ – २० प्रतिशत भए पार्टी विभाजन हुने अध्यादेश जारी भएलगत्तै संसदको सबैभन्दा ठूलो दल विभाजन भएर माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गरेको छ । तर माधव नेपाललाई निर्णायक अवस्थामा आफ्नै नेताहरुले साथ छोडेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कमरेड भन्न छोडेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्य बुधबार ३६० डिग्री नै परिवर्तन भएर ओलीको क्याम्प हाम हाल्न पुगिन् । ओलीले विधि पद्धती, पार्टी र संविधान नै कप्लक्क खाएको भन्दै माधव पक्षमा उभिएर ओलीलाई नैतिकता सिकाउने र माधवलाई नयाँ पार्टी बनाउन उचाल्न उनै शाक्य बुधबार बागमति प्रदेशको मुख्यमन्त्री पाएपछि ओलीलाई कामरेड मात्रै होइन,अब प्रिय कामरेड भन्न तयार बनेकी छन् । उस्तै बिकाउ चरित्र यसअघि माधव पक्षमा रहेर ओलीमाथि आगो ओकलिरहेका र नसच्चिए नयाँ पार्टी बनाउने धम्की दिदै आएका अन्य नेताहरुले समेत देखाएका छन् ।

केहीदिन अघिमात्रै एमालेको माधव पक्षमा गनिदै आएका नेता रघुजी पन्तले एमाले विभाजनको कारक अध्यक्ष ओली भएको र सच्चिन तयार नभए नयाँ पार्टी बनाउने दाबी गरेका थिए । उस्तै दाबी घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम रावल, युवराज ज्ञावली, सुरेन्द्र पाण्डे र भीम आचार्य लगायतका नेताहरुको पनि थियो । तर माधवपछिका यीनै प्रमुख नेताहरुले बुधबार नयाँ पार्टी दर्ता गर्दाको निर्णाणक क्षणमा साथ छोडेका छन् ।

माधव नेपाल शक्ति शाली हुउन्जेलसम्म उनकै चाकरी गरेरपटकपटक मन्त्री खाएकार अहिले एकताको नाटक गरेर ओलीसंग पदको बाग्रेनिङ गरिरहेका उनीहरु अष्टलक्ष्मी शाक्य झैं बिभिन्न आकर्षकपद खाने दाउमा छन् । शाक्यपछि ओलीले प्रदेश एकमा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी चलेका छन् । अरु त अरु माधव नेपाललाई आफ्नै सम्धी भनिएका नेता सोमप्रसाद पाण्डेको समेत साथ रहेन । तर उनीहरुका अघि माधव नेपाललाई हात समाएर निर्वाचन आयोगको ढोकासम्म साथ दिने रामकुमारी झाँक्रीहरुनै अप्ठ्योरोमा पर्दा साथ छोड्नु हुन्न भन्ने गतिलो उदाहरण बनेका छन् ।

नेकपा एमाले (समाजवादी) को अध्यक्ष बनिसकेका माधव नेपाललाई स्थायी कमिटीसहित दोस्रो तहका नेताहरुले कठिन घडीमा साथ छाडेपनि तेस्रो तहका नेताहरुले उत्साहजनक साथ दिएका छन् । माधवबाट अलग्गीएकाहरु भने १० बँुदे सहमति कार्यान्वयन गर्न माग गर्दै अध्यक्ष ओलीसंगै संघर्ष गर्ने भएका छन् ।

१५ वर्ष एमालेको नेतृत्व गरेर हाल ७० बर्ष टेक्दै गरेका नेपालले नयाँ दल बनाउने जोखिम लिनु बाध्यताको रुपमा हेरिन्छ । तर संस्थापनबाट अलग भएका नयाँ दलहरु फस्टाएको उदाहरण छैन । यसअघि २०५४ को फागुन २१ मा वामदेव गौतम नेतृत्वको समूहले एमाले फुटाएर नेकपा माले बनाएको थियो ।

अढाई दशकअगाडि एमालेलाई विभाजन गराएको आरोप अहिलेसम्म वामदेव गौतमले खेपिरहेका छन् । त्यहीँ अवस्था अब नेपालमाथि पनि दोहोरिने विश्लेषण भइरहेका छन् ।