राजनीति

माधव नेपाल नेतृत्वको प्रस्तावित एमाले समाजवादी पार्टीलाई सहयोग गर्छु : बामदेव गौतम


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एमाले (समाजवादी) पार्टीलाई सहयोग गर्ने बताउनुभएको छ । पार्टी एकता अभियानको जुम मिटिङलाई आज सम्बोधन गर्दै नेता गौतमले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने बताउनुभयो ।

एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु गर्दा भने उपाध्यक्ष गौतम कुनै पक्षमा पनि खुल्नुभएको थिएन । एमाले विवाद चर्केपछि उहाँले केही समयअघि एकता अभियान सुरु गरेर दुबै पक्षलाई मिल्न दवाव दिइरहनुभएको थियो ।