काठमाडौँ – साताको अन्तिम कारोबारको दिन विहीबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । विहीबार नेप्से १८.२४ अंकले घटेर ३ हजार १८० दशमलव ७८ विन्दुमा पुगेर थामिएको छ । त्यस्तै आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.३३ अंकले घटेर ५९०.१५ बिन्दुमा झर्न पुगेको छ ।
नेप्सेका अनुसार आज व्यापार, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स बाहेकका सबैजसो उपसमूहहरु ऋणात्मक भएका छन् । यद्यपि, अधिकतम १८ अंकले घटेको बजारमा कारोबार रकम भने यस दिन पनि घटेको छैन ।
नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ३ करोड ९ लाख कित्ता माथिको सेयर १ लाख ८८ हजार पटक माथि बजारमा किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाखको कारोबार भएको छ ।
प्रतिक्रिया