राजनीति

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु काँग्रेसको माग नभई गठबन्धनको बाध्यता : कृष्णप्रसाद सिटौला


काठमाडौँ – नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश काँग्रेसको माग नभई गठबन्धनको बाध्यता भएको बताउनु भएको छ । पूर्वमहामन्त्री सिटौलाले अध्यादेश ल्याउनु प्रधानमन्त्री शेरबहादुर देउवा वा नेपाली काँग्रेसको चाहना नभएपनि आफुसँग आवद्ध भएका गठबन्धनका दलहरुको इच्छा अनुसार अध्यादेश ल्याईएको बताउनु भएको हो ।

उहाँले एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षको माग भए बमोजिम सरकारले ल्याएको अध्यादेशलाई गलत भन्न नहुने दाबी गर्नुभएको छ ।

सिटौलाले योहो टेलिजिभनको बुधबार राति प्रशारण भएको विषेश कार्यक्रम सत्य संवाद कार्यक्रममा कुरा गर्दै अध्यादेशले गठबन्धनमा आवद्ध भएका र हुने इच्छा देखाएका दलहरुको मार्गसमेत तय हुने दाबी गर्नु भएको छ ।