कोरोना विशेष

राजधानी दैनिकका अध्यक्ष शेरचनको कोरोनाका कारण मृत्यु


काठमाडौँ – राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन् ।

संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।