राजनीति

सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने, प्रस्तावित नेकपा एमाले समाजवादी सरकारमा जान सकारात्मक


काठमाडौँ – सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एमाले समाजवादीले निर्वाचन आयोग र संसद सचिवालयबाट आधिकारिता पाएपछि मन्त्रिपरिषदलाई पूर्ण दिने तयारी सत्तारुढ दलहरूको रहेको छ ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहनुभएको छ । प्रस्तावित एमाले समाजवादी सरकारमा जान सकारात्मक रहेकाले केही दिन कुर्नुपर्ने अवस्था आएको नेताहरूले बताएका छन् ।

केपी ओली नेतृत्वको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले निर्णायक भूमिका खेलेको थियो ।