राजनीति

नेपाल कै पहिलो महिला मुख्यमन्त्री शाक्य


काठमाडौँ – एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । शाक्यले वागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा बुधबार अबेर सपथ लिनुभएको थियो ।

नेकपा एमाले संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार शाक्य मुख्यमन्त्री बन्न सफल हुनुभएको हो । उहाँ यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत हुनु भइसकेको छ ।

मुख्यमन्त्री नियुक्त भएसँगै प्रदेश सांसद कृष्ण खनाल र केशव पाण्डेलाई मन्त्री नियुक्त गर्नुभएको छ । यसअघि शाक्य एमाले संसदीय दलको नेता चयन हुनुभएको थियो । एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउनुभएको हो ।