देश

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा राजविराजमा युवा संघको मसाल जुलुस


काठमाडौँ – दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार युवा संघले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

युवा संघका जिल्ला अध्यक्ष चितरञ्जन यादवको नेतृत्वमा युवाहरुले मसाल जुलुस निकालेका हुन् । नगरको विभिन्न भागमा मसाल जुलुस प्रदर्शन गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगी कोणसभाको आयोजना गरिएको थियो ।