राजनीति

माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्हबारे टुंगो लागेन


काठमाडौँ – माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको ‘खुला किताब’ चुनाव चिन्ह स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि चुनाव चिन्ह टुंगो लागेको छैन । माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्ह के हुने भन्नेबारे अन्योलता छाएको छ ।

नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने बताउनुभयो । उहाँले यसअघि नै निर्वाचन आयोगमा कलम चुनाव चिन्ह भएको पार्टी पनि दर्ता भइसकेको भन्दै सो पार्टीसँग एकता गरेर पनि चुनाव चिन्ह लिन सकिने विकल्प रहेको बताउनुभयो ।