काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार उच्च विन्दुमा पुगेको छ । बुधवार तीन हजार दुई सय २० दशमलब ३३ विन्दुमा पुगेको नेप्से अन्ततः तीन हजार एक सय ९८ दशमलब ६० विन्दुमा पुगेर बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि नेप्सेले २०७८ साउन २७ गते बुधबार तीन हजार एक सय ९८ दशमलब ०७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, आज नेप्से ३८.२८ अंकले बढेको छ भने कारोबार रकममा पनि उछाल आएको छ । बुधवार २१ अर्ब ३१ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा १८ अर्ब २० करोड ४९ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार बुधवार कारोबार भएका कम्पनीमध्ये ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया