राजनीति

स्थायी कमिटीका अधिकांशले छाडे माधवको साथ


काठमाडौँ – नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । तर लामो समयदेखि नेपाललाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।