राजनीति

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा दुई दलले निवेदन दिने तयारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै आज नै निर्वाचन आयोगमा दुई वटा दल दर्ता गर्ने तयारी भएको छ ।

नेकपा एमालेबाट नै छुट्टिने पक्का नै भएको माधवकुमार नेपालपक्षका नेताले नेकपा एमाले (समाजवादी) दर्ताका र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबाट कारबाही गरेका महन्थ ठाकुरले पक्षले जसपा (लोकतान्त्रिक) गठनका लागि आयोमा निवेदन लैजाने तयारी गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्न सक्ने अवस्था आएसँगै दुईवटा दलले नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेशको खुकुलो प्रावधानको उपयोग अरू कुन–कुन दलले गर्नेछन्, त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन ।