राजनीति

अध्यादेश जारी गर्ने राष्ट्रपतिको तयारी


काठमाडौँ –राष्ट्रपतिको कार्यालयले सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मंगलबार मध्याह्नमा निर्णय गरी सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश मंगलबार राष्ट्रपति कार्यालयले ढिला आएको भन्दै जारी गरेको थिएन । आज भने केही बेरमै अध्यादेश जारी हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“अबको केही बेरमै अध्यादेश जारी हुन्छ,” राष्ट्रपतिको सचिवालय स्रोतले भन्यो, “राष्ट्रपतिज्यूले अध्यादेश रोक्ने कुनै मनसाय राख्नुभएको छैन । सरकारका निर्णय कार्यान्वयनको दायित्व राष्ट्रपतिले निर्वाह गर्दै आउनुभएको हो ।”

सरकारले मंगलबार केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने व्यवस्था राखेर अध्यादेश सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेको अध्यादेश मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी नभएपछि अनेक शंका-उपशंका र टिप्पणी भइरहेका छन् ।