राजनीति

माधव नेपालको नयाँ पार्टीको नाम एमाले(समाजवादी), सूर्य चिह्न भने कुनै हालतमा नछोड्ने


काठमाडौँ – नेकपा एमाले छुट्टिने लगभग निश्चित नै भईसकेपछि माधव नेपाल पक्षले पार्टीको नाम र चिह्न पनि सोचिसकेका छन् । नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने पक्का भएको जनाएको छ ।


नेपाल पक्षका एक नेताका अनुसार नेकपा एमाले (समाजवादी) बाहेक पनि अन्य थुप्रै नामबारे छलफल भएको छ । नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको छ । तर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको ती नेताहरुले बताएका छन् ।

तर चुनाव चिह्नको सवालमा भने सूर्या चिह्नलाई छोड्न नसकिने बताएका छन् । सूर्यलाई आधार मानेर चुनाव चिह्न हुनेछ । उनका अनुसार उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । कुनै पनि हालतमा आफूहरुले सूर्य चिह्न नछोड्ने माधव नेपाल पक्षका नेताले स्प्रष्ट पारे ।
उनीहरुले सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुले गरेका छन् ।