राजनीति

अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन अनेरास्ववियूको आह्वान


काठमाडौँ – नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले दल फुटाउने खुकुलो प्रावधानसहित मंगलबार ल्याइएको अध्यादेशको विरोध गरेका छन् ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले ७० वर्षदेखिको संघर्षबाट निर्मित संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द, अराजकता र अस्थितरतामा धकेल्ने मनोसाय राखेकोसमेत बताएका छन् ।