राजनीति

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए सपथ


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । महोत्तरीका मिश्रलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ अनुसार प्रदेश प्रमुखका रूपमा पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको उपस्थिति थियो । यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको थियो ।