राजनीति

एमाले फुटाउने निर्णय देउवालाई महंगो पर्ने छ : ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरेको आरोप लगाए ।