राजनीति

अफगानिस्तानको सत्ता कब्जा गर्न सफल तालिबानद्धारा कर्मचारीलाई आममाफी दिने घोषणा


काठमाडौँ – अफगानिस्तानको सत्ता कब्जा गर्न सफल तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ ।

तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो । अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका मानिसहरुमा अहिले डर तथा आशंका देखिएको छ । यस्तो अवस्थामा तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।

तालिबानले यसअघि सरकार र पश्चिमा मुलुकको संस्थामा काम गरेका अधिकारीलाई लक्षित गरी आक्रमण गर्न सक्ने आशंका मानिसहरुमा थियो । तालिबानले निकै बर्बर सजाय दिने गरेको र युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । यद्यपि तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको छ ।