राजनीति

नेता नेपालले जनवर्गीय संगठनलाई सम्बोधन गर्ने


काठमाडौँ –नेकपा एमालेका नेता माधवकुमार नेपालले जनवर्गीय संगठनलाई सम्बोधन गर्नुहुने भएको छ ।

आज दिउँसो भर्चुअल माध्यमबाट नेता नेपालले जनवर्गीय संगठनका सदस्यहरूलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदन अन्त्य भएको जानकारी गराइसक्नुभएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन अधिवेशन अन्त्यको तयारी गरिएको बुझिएको छ ।

एमाले सांसद तथा नेपाल समूहका हार्डलाइनर नेता मेटमणि चौधरीले दिएको जानकारी अनुसार आगामी १ साताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर सरकारमा सहभागी हुने तयारी नेपाल समूहले गरेको छ ।

एमाले विवाद सुल्झाउन बनेको कार्यदलले भने एकताका लागि जोड गरेको थियो । तर नेपाल ओलीले आफ्नो एकलौटी शैली नछाडेका कारण एकता संभव नहुने देखिएको नेपाल समूहका नेताहरूको बुझाइ छ ।