राजनीति

अध्यक्ष ओलीले बोलाएको बैठकमा भिम रावल सहभागी नहुने



काठमाडौँ –नेकपा ९एमाले० का उपाध्यक्ष डा.भीम बहादुर रावल आज बोलाईएको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी नहुने बतानुभएको छ । एमाले विभाजन गर्न लागिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी र संसदीय दलको बैठकमा बोलाउनुभएको हो ।

ओलीले बोलाउनुभएको दुवै बैठकमा रावल सहभागी नहुने हुनुभएको हो। यद्धपी रावललगायत एकता पक्षधर नेताहरुकै आग्रहमा अध्यष ओलीले एकता आह्वान गर्दै हिजो वक्तव्य निकालेको नेताहरुले बताएका छन् । रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको भन्दै एकताको लागि सबैले गम्भीर कदम चाल्नुपर्ने बतोनुभएको छ।

रावलले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै माधव नेपालले पार्टी विभाजन गरे आफ्नो साथ नरहने पनि स्पष्ट पार्नुभयो । पछिल्लो समय रावल अध्यक्ष ओलीसँग निकट रहनुभएको छ । उँहाले माधव नेपाल पक्षबाट कार्यदलमा संयोजक भएर काम गर्नुभएको थियो ।

एकताको लागि कार्यदलले निकै मेहनत गरेर दश बुँदे प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन अध्यक्ष ओलीले स्वागत गरेको तर नेता नेपालले भने नस्विकारेकोमा रावले रुष्ट बन्नुभएको छ ।