राजनीति

आज जसपाको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक आजै बस्दैछ ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागिता, भागवण्डा, मन्त्री चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

डिल्लीबजार, कालिकास्थानस्थित एउटा पार्टी प्यालेसमा बिहान ११ बजे जसपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाएसँगै जसपामा ५१५ केन्द्रीय सदस्य कायम गरिएका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो भने जसपाको साधारण सदस्यमा मात्र सीमित छन् । पार्टीले उनीहरुलाई केन्द्रीय समितिबाट हटाएको हो ।