काठमाडौँ –राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएका थिए ।
टिमबाट बाहिरिने विशाल सुनार, रन्दिप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिब लोप्चन, सन्जोग राई, त्रिदेभ गुरुङ, रजिन धिमाल, सेसेहाङ आङ्देम्बे र बिक्रम लामा रहेका छन् ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ । साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।
प्रतिक्रिया