राजनीति

राप्रपा महाधिवेशनको तयारीमा, एकल नेतृत्वमा सहमतिको खोजी



काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको महाधिबेशनका लागि छलफलमा जुटेको छ । पटकपटक एकता हुँदै फुट्दै गरेका कमल थापा, पशुपति शम्शेर जबरा, प्रकाशचन्द्र लोहनीबीच एकता भएको थियो । तर अहिलेसम्म एकताको महाधिबेशन हुन सकेको थिएन । सोमबार देखि राजधानिमा महाधिबेशनको सुनिश्तताका लागी छलफलमा जुटेको हो ।

राप्रपाले एकताको महाधिबेशनको लागि कात्तिक २७ गते देखि २९ गते सम्म गर्ने तयारी गरको छ । केन्द्रिय कार्यसम्पादन समितिको बैठक स्थानिय तह निर्बाचन बिशेष कार्ययोजनामा समेत सक्रिय बनेको छ ।पछिल्लो समय पार्टी कमजोर बन्दै गएका कारण पार्टी चलाएमान बनाउन नेतृत्व परिबर्तनको आवाज उठन थालेको छ । दोस्रो पुस्ताका युवा नेताले पार्टीको नेतृत्व परिवर्तन गर्न जोड दिदै आएका छन ।

पुराना पुस्ताका कारण राप्रपा ध्वस्त भएकोले दोस्रो पुस्ताका नेताले नेतृत्व सम्हाल्नुपर्ने पक्षमा भए पनि उनीसँग स्पष्ट मत छैन । राप्रपा अहिलेकमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी गरी तिन जना अध्यक्ष छन । महाधिबेसन पछि नेतृत्व परिवर्तन संगै एकल नेतृत्व प्रणालीमा जाने छ ।