राजनीति

एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको बैठक


काठमाडौँ –प्रमुख प्रतिपक्षी दल एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।

अध्यक्ष केपी ओलीले शीर्ष नेताहरूसँगको परामर्शपछि स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनुभएको हो । स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्नेछ । संसदीय दलको बैठक भने दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै ओलीनिकट एमाले नेताहरू रणनीति छलफलमा जुटेका छन् ।