अर्थनीति

नेप्सेका सीईओ साउँदलाई अर्थ समितिमा बोलाएर गरियो केरकार, दिए यस्तो बयान (भिडियोसहित)


काठमाडौँ – नेपालको शेयर बजारमा बेला बेला चलखेलका समाचार बाहिरिने गरेका छन् र त्यसमा नियामकले छानविन गरेर कारवाहि पनि गर्दै आएको छ । तर तिनै अभिभावकको भुमिकामा रहेका नियामकको चलखेलले अहिले बजार तातेको छ । नेपाली शेयर बजारमा यतिवेला नयाँ नयाँ किर्तीमान कायम भै रहेका छन् । तर बढेको बजारमा चलखेल पनि बढेर गएको छ । सामाजीक संञ्जालमा भ्रामक समाचारको संप्रेषण देखि शेयर खरिदमा नियामककै चलखेलले बजारको अबस्था झल्काइ रहेको छ ।

सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउँदको संलग्नता देखिए संगै नेपाली पुँजीबजार नै तरङ्गीत हुन पुगेको छ । बजारमा चलखेलको व्यापक सुचना बाहिरीएपछी संसदको अर्थसमितीले दुवै जनालाई बोलाएर स्पष्टीकरण नै सोध्नु पर्यो । आईतवार बोर्डका अध्यक्ष ढुंगानालाई बोलाएको समितीले लगतै नेप्सेका प्रमुखलाई पनि बोलाएर नीति र विधि अनुसार किन नचलेको भनेर झपार्नु सम्म झपारे ।

सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्से प्रमुख साउदले पदीय मर्यादा नाघेर कानुन विपरित आफ्ना मान्छेका नाममा शेयर खरिद गरेको आरोप लागेपछि अर्थ समितिले नियामकका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको हो । समितीले परिवारका सदस्यहरुलाई पूँजी बजारमा ल्याउने काम नियमनकारी निकाय आफैले गरेको भन्दै आपत्ति जनाएको छ । अर्थसमितिका सभापती कृष्णप्रसाद दाहालले अन्य क्षेत्रमा लगानी नगरेर परिवारकै सदस्य भएको क्षेत्रमा लगानी बढाउनुको कारण के हो ? भनि प्रश्न गरेका थिए ।

तर बोर्डका अध्यक्ष ढुंगानाले भने जो चोर उसकै ठुलो स्वर भने है आफ्नु बचाउ गर्न खोजेका छन । उनले कानुनको छिद्र देखाउदै विहा भै सकेकी छोरीका नाममा किन शेयर खरिद गर्न नपाउने भन्दै जनप्रतिनीधि लाई नै प्रतिप्रश्न गरे । यता नेप्सेका प्रमुख साउदले पनि प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोक्ने जवाफ समितिलाई फर्काए । साउदका अनुसार उनलेले खरिद गरेको शेयर बैंधानीक छ ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नियमक निकायहरु आफैले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानुनी व्यवस्था गर्ने समिति सदस्य हरुले चेतावनी दिएका छन । रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भएपनि सेयर बजारमा त्यो नियम उलंघन गर्ने काम गरिएको भन्दै साउद र ढुंगानाको सांसद हरुले झाँको झारेका छन् ।