समाचार

गरिमा ज्ञवाली जितिन् मिस नेपाल नर्थ अमेरिका –२०२१ को उपाधि



काठमाडौँ – अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका–२०२१ को विजेता गरिमा ज्ञवाली बनेकी छिन् । न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई हराउँदै मिस नेपाल नर्थ अमेरिका–२०२१ को विजेता बनेकी हुन् ।

यसैगरी फर्स्ट रनरअप याङ्गछेन लामा तथा तथा सेकेन्ड रनरअप सुभेच्छा निरौला बने । यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राइ, मिस पपुलरमा नग्मा गुरुङ्ग, मिस स्माइलमा निमिका थापा ,मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली ,मिस डिसीप्लेनमा सुप्रिता फुयाल ,मिस क्याटवाकमा दिना केसी ,मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली , मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल, र उत्कृष्ट हेरिटेजमा जेनी रावत लगायतले टाइटाल जिते ।

अगस्त १ देखि अगस्त ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ मा अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको हो।