राजनीति

संसदका दुवै सदनको अधिवेशन अन्त्य


काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको हो ।

संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते सोमबार राति १२ बजेदेखि अन्त्य गरिएको उहाँले बताउनुभयो ।