राजनीति

सोमबार रातिबाट संसद् अधिवेशन अन्त्य हुँदै


काठमाडौँ — संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ । सरकारले संसदको चालू अधिवेशन सोमबार राति १२ बजेपछि अन्त्य गर्ने गरी सिफारिस गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

सर्वोच्च अदातलले प्रतिनिधि सभा ब्यूँत्याएपछि गत साउने ३ गतेबाट अधिवेशन सुरू भएको थियो । प्रतिनिधिसभा दोस्रो पटक पुनःस्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।