राजनीति

अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


काडमाडौँ –सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गर्नुभएको थियो ।लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गर्नुभएको हो ।

अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यहाँ रहेका नेपालीहरु सुरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल उद्धार गर्न सरकारलाई सभामुखले निर्देश गर्नुभएको छ ।